लमही । बबइ गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन्।
हसनापुरका २४ वर्षीया सरस्वती पुनमगर र उनकी तीन वर्षीया छोरी कृतिका बिहीबार मृत फेला परेको इलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ।
स्थानीय सितलगौरा सामुदायिक वनमा मृत फेला परेको प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए। छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँ पनि लामो समयसम्म सम्पर्कमा नआएको आफन्तले बयान दिएको प्रहरीले जनाएको छ।
स्थानीयले बिहीबार बेलुकी ५ बजेतिर शब देखेपछि प्रहरीलाई खबर गरेका थिए। शब सड्ने अवस्थामा रहेकाले ४÷५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।
आफन्तले हत्या भएको हुनसक्ने भन्दै शब उठाउन मानेका छैनन्।
डिसी नेपाल